मकवानपुर – मकवानपुरमा आईतबार (आज) थप ५३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । पछिल्लो २४ घण्टामा ११४ जनाको परिक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालयले उपलब्ध गराएको तथ्याङकअनुसार पिसिआर विधिबाट ६१ जनाको परीक्षण गर्दा २६ जनामा र एन्टिजेन विधिबाट ५३ जनाको परीक्षण गर्दा २७ जनामा गरी कुल ५३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा थप १९६ जना कोरोना संक्रमण मुक्त भएका छन् । जिल्लामा हाल ६ सय ९३ जना सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ ।