मकवानपुर – जिल्ला प्रशासन कार्यालय (जिप्रका) मकवानपुरले माघ मसान्तसम्म भिडभाड हुने कार्यक्रम गर्नमा राेक लगाएकाे छ । कोभिड–१९ कोे जोखिम कायमै रहेको भन्दै प्रशासनले माघ मसान्तसम्म भीडभाड हुने कुनैपनि कार्यक्रम नगर्न आईतबार थप आदेश जारी गर्दै राेक लगाएकाे हाे ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले आइतबार संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बजमोजिम यस्तो आदेश जारी गर्नुभएको हो । प्रजिअ पाण्डेद्धारा जारी आदेशमा सिनेमा हल, डान्स बार, नाचघर, क्लव, हेल्थ क्लव, जिम खाना, स्विमिङ पुल, पिकनिक स्थल, खेल मैदान, फुटसल, पटके हाटबजार, विद्यालय, ट्युसन सेन्टर र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम २०७८ माघ मसान्तसम्म बन्द गर्न भनिएको छ ।

जिप्रका मकवानपुरकाे आदेश

May be an image of text