मकवानपुर – बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माज्यू र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष युवराज सुवेदीबीचमा बुधबार भेटवार्ता भएको छ । भेटमा आयोगका अध्यक्ष युवराज सुवेदीले आयोगबाट हालसम्म भएका कार्यका बारेमा जानकारी गराउनु भएको छ ।

No description available.

अध्यक्ष सुवेदीले २०५२ साल फागुन १ गतेदेखि २०६३ मंसिर ५ गतेसम्म भएको सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिका सम्बन्धमा आयोगले गरिरहेको छानविन, परिचयपत्र वितरण, सम्बन्धित ऐन नियम एवं नीतिमा भए बमोजिम उनीहरुका लागि प्रदान गरिनुपर्ने सुविधाका बारेमा जानकारी गराउनुभउको थियो । उहाँले बेपत्ता पारिएका व्यक्तिका विषयमा आयोगले संघ, प्रदेश तथा स्थानीय तहमा गरेको सिफारिस कार्यान्वयन गराउँन सहजीकरणका लागि प्रदेश प्रमुख शर्मालाई आग्रह समेत गनुभयो ।
सो अवसरमा प्रदेश प्रमुख शर्माले आयोगले लामो समयदेखि गर्दै आइरहेको कामको प्रशंसा गर्दै आयोगका सिफारिस कार्यान्वयनका लागि सम्बन्धित पक्षहरुसंग समन्वय तथा आवश्यक सहजीकरणका लागि आफू सदैव लागिपर्ने प्रतिबद्दता व्यक्त गर्नुभयो । भेटघाटमा आयोगका सदस्यहरु सुनिलरञ्जन सिंह, सहसचिव कृष्णप्रसाद पुडासैनी, उच्च सरकारी वकिलको कार्यालय हेटौंडाका सहन्याधिवक्ता सन्देश श्रेष्ठ, बागमती प्रदेश प्रमुख कार्यालयका सचिव शिवराम न्यौपाने, उपसचिव कृष्णप्रसाद आचार्यको समेत उपस्थिति थियो ।