मकवानपुर – नेकपा एमाले मकवानपुरका सचिव नवीन सिग्देलले आगामी निर्वाचनमा मकवानपुरे जनताले नेकपा एमालेलाई नै रोज्ने बताउनुभएको छ । बुधबार नेकपा एमाले मकवानपुरगढी–४ को कार्याकर्ता भेलामा सचिव सिग्देलले आगामी निर्वाचनमा मकवानपुरे जनताले नेकपा एमालेलाई रोज्ने र मकवानपुर जिल्ला पुन एमालेको लालकिल्लाको रुपमा स्थापित हुने बताउनुभयो ।

No description available.

सचिव सिग्देलले एमालेले गरेको कामकै कारण जनताले एमाले रोज्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले गाउँगाउँमा आधारभूत कार्यहरु शिक्षा, स्वास्थ्य, सडक, कृषील, खेलकुद, पर्यटनलगायत क्षेत्रमा भएका कामका आधारमा नै एमाले जनताको प्यारो पार्टी भएको बताउनुभयो । उहाँले २०७४ सालको स्थानीय तहमा नेकपा एमालेले विजय हासिल गरेपछि विकासले फड्को मारेको दावि गर्नुभयो । सबै पार्टी सदस्यहरु मतदाताको घरदैलोमा हामीले ५ वर्षमा यी महत्वपूर्ण काम गरेका छौँ, यि महत्वपूर्ण बाँकी कामलाई निरन्तरता दिन एमालेलाई मतदान गर्नुहोस् भन्दै जनता बीचमा जाने र नेकपा एमालेको नेतृत्वमा गाउँगाउँ, टोल र बस्तीको कायापलट गर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला कमिटीका उपसचिव सीता विष्ट, जिल्ला कमिटीका सदस्य हरिप्रसाद कंडेल, एमाले गढी गाउँपालिका उपाध्यक्ष एवम् गढी–५ का वडा अध्यक्ष जीतबहादुर घिमीरे, ४ नम्बर वडा अध्यक्ष रामप्रसाद तिल्मिसिना, रिटर्नी फेडरेसन, नेपालका मकवानपुर अध्यक्ष कृष्ण घोरसाईनी, राष्ट्रिय युवा संघ नेपालका जिल्ला सचिवालय सदस्य प्रकास सुवेदीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । सबै पार्टी सदस्यलाई स्थानीय निर्वाचन केन्द्रीत हुन आयोजना गरिएको भेला वडा कमिटीका अध्यक्ष अर्जुन तिल्मिसिनाको सभाध्यक्षतामा भएको हो ।