मकवानपुर– आज राष्ट्रिय योग दिवस । ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नारासहित आज योग दिवस मनाइँदै छ । मकवानपुरमा आज बिहान योग अभ्यास गरेर राष्ट्रिय योग दिवस मनाइएको छ । हेटौंडा उपमहानगरपालिकाको समन्वयमा योग अभ्यास गरेर छैठौं योग दिवस मनाइएको पतञ्जली योग समिति मकवानपुरका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिनुभयो ।
त्यस्तै राष्ट्रिय योग दिवसका अवसरमा आज दिउँसो सूर्य नमस्कार प्रतियोगना आयोजना हुने भएको छ । पतञ्जली योग भवनमा हुने सूर्य नमस्कार प्रतियोगताको विजेताले आहार विहार सम्बन्धी पुस्तक उपलब्ध गराईने बताईएको छ । सूर्य नमस्कारको प्रतियोगातामा १२ कृयाकलाप राम्रो सँग गर्नेले पुरस्कार प्राप्त गर्ने थापाले बताउनुभयो ।
यस्तै दिवशका अवरमा माघ ३ गते रेडक्रस सोसाइटी र पतञ्जली योग समितिको आयोजनामा दुई स्थानमा रक्तदान कार्यक्रम आयोजन ागर्न लागिएको उहाँले जानकारी दिनुभयो । वि.सं. २०७२ सालदेखि नेपालले माघ १ गतेलाई राष्ट्रिय योग दिवसको रुपमा मनाउँदै आएको छ । मकावानपुरको सन्दर्भमा पतञ्जली योग समितिले हेटौंडा, बकैया, मनहरी लगायतको ३५ वटा सेन्टरबाट योग सिकाउँदै आइरहेको पतञ्जली योग समिति मकवानपुरका संयोजक थापाले जानकारी दिनुभयो ।