मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विविधता भित्रको एकतानै नेपाल र नेपालीको मौलिक पहिचान भएको बताउनुभएको छ । माघे संक्रान्ती र माघी पर्वका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्नुहुँदै मुख्यमन्त्री पौडेलले बिविधताभित्रको एकताले नेपाल र नेपालिलाई जोडेको बताउनुभएको हो ।
माघे संक्राती तथा माघी पर्व–२०७७ को अवसरमा आज स्वदेश तथा बिदेशमा रहनुभएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनिहरुमा सुख, शान्ती एवम् समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुहुँदै मुख्यमन्त्री पौडेलले भन्नुभएको छ– “नेपाल एक बहुजातिए, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक विविधतायुत्त देश हो । यहि बिविधताभित्रको एकताले नेपाल र नेपालिलाई जोडेको छ ।” उहाँले माघे संक्रान्ती, माघी लगाएत चाडपर्वहरुले परस्परमा प्रेम, सद्भाव र भाईचाराको बिकासमा महत्वपूर्ण योगदान पुर्याउदैं आएको भन्दै यो नै हाम्रो मौलिक पहिचान र चिनारी भएको समेत उल्लेख गर्नुभएको छ । मुख्यमन्त्री पौडेलले सन्देशमा “एकता र भातृत्वको जगमा समृद्द नेपाल, सुखी नेपालिको संकल्प पूरा गर्न हामि सबैको ईमान्दार प्रयास रहनुपर्ने उल्लेख गर्नुभएको छ ।

https://www.facebook.com/permalink.php?story_fbid=1054141695061336&id=495396544269190