हेटाैंडा– बागमती प्रदेशका मुख्यमन्त्री डाेरमणि पाैडेलले नयाँ नक्साकाे स्वागतमा दिप प्नज्वलन गर्नुभएकाे छ । प्रतिनिधि सभाले नेपालको निशान छापमा नयाँ नक्सा समावेश गरेको विधेयक पारित गरेकोमा नयाँ नक्साको स्वागत गर्दै मुख्यमन्त्री पाैडेलले दिप प्रज्वलन गर्नुभएकाे हाे । लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा सहित संशोधन प्रस्ताव सर्वसम्मत पारित भएको अवसरमा उहाँले सरकारी निवासमा दिप प्रज्वलन गरेर स्वागत गर्नुभएकाे हाे । नयाँ नक्साको स्वागतमा प्रदेश राजधानी हेटाैंडाका विभिन्न स्थानमा पनि दिप प्रज्वलन गरिएकाे छ ।