मकवानपुर – जिल्ला प्रशासन कार्यालय मकवानपुरले तिहारमा राती ९ बजेसम्म मात्र देउसीभैलो खेल्न अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज एक विज्ञप्ती जारी गर्दै तिहारमा देउसी तथा भैलो लगायतका साँस्कृतिक मनोरञ्जनात्मक क्रियाकलापहरू राती ९ बजेसम्म मात्र सञ्चालन गर्न/गराउन अनुरोध गरेको छ ।
यस्तै प्रशासनले तिहार र छठ पर्व मनाउने क्रममा पटाका, भुईचम्पा, आतिशवाजी जस्ता प्रज्वलनशील पदार्थको प्रयोगबाट सर्वसाधारणको स्वास्थ्य एवम् सुरक्षा लगायत समग्र जनजीवनमा प्रतिकूल असर पर्ने हुँदा त्यस्ता पदार्थको भण्डारण, ओसार/पसार, विक्री वितरण तथा प्रयोग नगर्न सम्पूर्ण जिल्लावासीमा अनुरोध गरेको छ ।