काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज पुनः भेटवार्ता हुदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरपछि उहाँहरुबीच भेटवार्ता हुने प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।
आजै अध्यक्ष ओली र सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पनि भेटवार्ता भएको छ । त्यसअघि, संसद् भवन बानेश्वरमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच भेट लगत्तै अध्यक्ष ओली र प्रचण्डबीच भेटवार्ता भएको हो । एमसीसी, संसद्को गतिरोध अन्त्यसहितका विभिन्न विषयमा शीर्ष नेताबीच विभिन्न समयमा छलफल जारी छ ।