मकवानपुर– हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा शनिबार लैङ्गिक हिंसा बिरुद्ध नाटक प्रदर्शन तथा वडा स्तरीय अन्तरकृया कार्यक्रमको आयोजना गरिएको छ । सृजनशिल सचेत महिला समुह हेटौंडा–९ को आयोजना तथा ९ नम्बर वडा कार्यालयको सहयोगमा कार्यक्रम भएको हो ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत वडावासीलाई ऐन कानुन सम्बन्धित अभिमुखिकरण गराउने तथा लैङ्गिक हिंसाका बारेमा जानकारी दिने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो ।

संस्थाकी अध्यक्ष मिना अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा ३ नम्बर प्रदेश सभा सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुक्तानले लैङ्गिक हिंसा र महिला हिंसा फरक रहेको बताए । हाम्रो समाज समुदाय र घरपरिवार भित्र ठुलाले सानालाई, धनिले गरिबलाई, टाठाबाठाले सोझासाझालाई गरिने हिंसा लैङ्गिक हिंसा भित्र पर्ने उहाँले बताउनुभयो । यस्ता हिंसा न्युनिकरण गर्न आफु स्वंमकै व्यवहारमा परिवर्तन गर्नुपर्ने उहाँले बताउनुभएको छ । राज्यले सबैलाई बराबर अधिकार दिएको भन्दै अधिकार प्राप्तीकालागि सबै जागरुक हुनु पर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा लैङ्गिक हिंसा सम्बन्धी नाटक प्रस्तुत गर्नुका साथै साईवर क्राईमका बारेमा जानकारी दिईएको थियो । कार्यक्रममा ३ नम्बर प्रदेश प्रहरी प्रमुख किशोर दाहाल, अनेम संघकी जिल्ला अध्यक्ष पार्बती राना, अनेम संघ क्रान्तिकारीकी जिल्ला अध्यक्ष लक्ष्मी पाख्रिनलगायतको उपस्थिती रहेको संस्थाकी कार्यसमिति सदस्य रमिला सापकोटाले जानकारी दिनुभयो ।