मकवानपुर – बागमत प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले आगामी निर्वाचनमा एमालेको बिजय यात्रालाई कसैले रोक्न नसक्ने बताउनुभएको छ । एमाले हेटौंडा–१५, नम्बर वडाद्धारा मंगलबार आयोजित बृहत भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले एमालेको बिजय यात्रा रोकेर नरोकिने बताउनु भएको हो ।

जस्तो गठबन्धन भएपनि एमाले भन्दा अरु पार्टीले टाउको उठाउन नसक्ने उहाँको भनाई थियो । मुलुकको समृद्धि र बिकास गर्ने पार्टी एमाले मात्र भएको हुँदा जनताले पनि एमाले नै रोज्ने पौडेलको भनाई थियो । कांग्रेसले लामो समय देशमा शासन गरेको भन्दै जबजब कांग्रेस सरकारमा हुन्छ देशको हालत के हुन्छ भन्ने जनताले बुझिसकेको बताउनुभयो । नेपाली काङ्ग्रेसको केहि काम गर्न नसक्ने कुरा जनताले समेत बुझिसकेको भन्दै बिकासका लागि एमाले आउनुपर्ने उहाँले बताउनुभयो । उहाँले अहिलेको गठबन्धन सरकारले बिकास हैन कार्यकर्ता पोस्ने काम मात्र गरेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा एमाले केन्द्रिय निर्वाचन आयोगका सदस्य अनन्त पौडेलले एमालेले गरेका कामका कारण एमालेमा जनलहर सृजना भएको बताउनुभयो । कार्यक्रममा एमाले बागमती प्रदेश कमिटी सदस्य रघुनाथ खुलालले यस अघि पनि गठबन्धन गर्नेहरुलाई मकवानपुरे जनताले धुलो चटाएको उल्लेख गर्नुहुँदै फेरी त्यहि ईतिहास दोरोरिने बताउनुभयो । गठबन्धनलाई जनतासंग भोट माग्ने आधार समेत नरहेको भन्दै पाँच हैन सबै पार्टी मिलेर आएपनि एमाले एक्लै काफि रहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य हरिबहादुर महतले हेटौंडाका हरेक क्षेत्र (स्वास्थ्य, शिक्षा, पूर्वाधार, खेलकुद) लगायतमा भएको विकास जनताले महसुस गरेको र त्यहि विकास देखेर पनि फेरी एमाले चुन्ने विश्वास व्यक्त गर्नुभयो । प्रदेश कमिटी सदस्य बलराम बलले एमालेको अगाडी अरु पार्टीको हैसियत नरहेको बताउनुभयो । यस्तै एमाले मवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले मुलुकको समृद्धिकालागी एमालेको बिजय हुन जरुरी रहेको बताउनुभयो । उहाँले अहिलेको गठबन्धन स्वार्थको गठबन्धन भएको भन्दै यसलाई चिन्न जरुरी रहेको बताउनुभयो ।

एमाले १५ नम्बर वडा कमिटीका अध्यक्ष पर्सबहादुर भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा एमाले नगर ईन्चार्ज सुनिल मोक्तान, सहईन्चार्ज मदन दाहाल, सुमित्रा काफ्ले, जिल्ल सचिवालय सदस्य फुर्वा दोर्जे लामा, जिल्ला युवा ईन्चार्ज सन्तोष चौलागाई, नगर अध्यक्ष शालिकराम पुडासैनीलगायतको आतिथ्यता थियो । कार्यक्रममा १५ नम्बर वडाका बृद्धबृद्धाहरुलाई सम्मान गर्नुका साथै विभिन्न पार्टी परित्याग गरि करीब २ सय जना एमालेमा प्रवेश गर्नु भएको थियो । भेलाले कर्ण सिं लामाको अध्यक्षतामा २५ सदस्य नेपाल खेलकुद महासंघ र बुद्ध मोक्तानको अध्यक्षतामा ४५ सदस्यको राष्ट्रिय युवा संघ नेपाल वडा कमिटी समेत गठन गरेकाे छ।