मकवानपुरको भिमफेदी गाउँपालिका वडा ६मा शनिवार महिलाहरुको पाठेघरको मुखको क्यान्सर परिक्षण गरिएको छ । महिला जागृति बचत तथा ऋण सहकारी संस्था लिको आयोजनामा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत महिलाहरुको पाठेघरको मुखको क्यान्सर परिक्षण कार्यक्रम गरिएको हाे ।

भिमफेदी गाउँपालिकाका उपाध्यक्ष पार्वती रानाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा ६५ जना महिलाहरुले परिक्षण गराएका थिए । परिक्षण गराए मध्ये २० जनामा सामान्य समस्या देखा पर्न थालेको पाइएकाे संस्थाका व्यवस्थापक कोपिला थापाले जानकारी दिनुभएकाे छ । नेपाल परिवार नियोजन संघ मकवानपुर शाखाको प्राविधिक सहयोगमा परिक्षण कार्यक्रम गरिएको थियो । कार्यक्रममा चण्डेश्वरी साकोसका सुमित्रा श्रेष्ठ, जनप्रतिनिधि सदस्य मंगलादेवि श्रेष्ठ, चेतकुमारी पुडासैनी, नेपाल परिवार नियाजन संघका ममिता श्रेष्ठ लगायतकाको उपस्थिती रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष रिता कुमारी मगरको सभाध्यक्षतामा भएको थियो ।