मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले ले बडादशैं, तिहार, नेपाल सम्बत, छठ लगायतका चाडपर्वको अवसरमा भोलि (बुधबार) शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्दैछ । जिल्ला समन्वय समित मकवानपुरको प्राङ्गणमा बुधबार बिहान शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना हुने जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो ।
जिसस मकवानपुरले हरेक वर्ष चार्डपर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दै आएको छ । प्रमुख खुलालले कार्यक्रम निर्धारीत समयमै बिहान ठिक ७ः३० बजेबाट सुरू हुने जानकारी दिनुभयाे । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री, निवर्तमान मुख्यमन्त्री, सभामुख, उपसभामुख, मन्त्रिहरु, राज्यमन्त्रीहरु, प्रमुख सचिवलगायत जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, विभिन्न संघसंगठनका प्रमुख एवम् प्रतिनिधिकाे सहभागिता हुनुहुने उहाँले बताउनुभयो । प्रमुख खुलालले कार्यक्रममा सहभागि हुन सम्पूर्ण जिल्लावासी, आमाबुवा, दाजुभाई, दिदीबहिनी, राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधि, सरकारी कर्मचारी, शिक्षक, विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधि, मजदुर संगठनका प्रमुख एवम् प्रतिनिधिलगायत सम्पूर्णलाई आव्हान गर्नुभएको छ ।