मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले दुरदराजका नागरिकलाई सहज स्वास्थ्यको पहुँचमा ल्याउन जरुरी रहेको बताउनुभएको छ । सोमबार जिल्ला स्तरीय स्वास्थ्य कार्याक्रमको वार्षिक समिक्षा गोष्ठिको उद्घाटन गर्नुहुँदै प्रमुख खुलालले विकटका नागरिकलाई स्वास्थ्यको सेवा प्रवाहमा ल्याउन सक्नु पर्ने बताउनुभयो ।

प्रमुख खुलालले गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच अपरिहार्य रहेको भन्दै जनतालाई स्वास्थ्यको पहुँचमा ल्याउन जनप्रतिनिधि र स्वास्थ्य क्षेत्रका कर्मचारीको महत्वपूर्ण भुमिका हुने बताउनुभयो । उहाँले जनताको जिवनसंग प्रत्यक्ष जोडिएको स्वास्थ्य शिक्षालगायतका विषयमा विशेष ध्यान दिन समेत अनुरोध गर्नुभयो । प्रमुख खुलालले भौगोलिक बनावटका कारण मकवानपुरकै केहि बिकट क्षेत्रका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउन मुस्किल रहेको अवस्थामा उक्त क्षेत्रमा काम गर्ने स्वास्थ्य क्षेत्रका कर्मचारीले अझै मेहनत गर्न जरुरी रहेको उहाँको भनाई थियो । स्वास्थ्य र शिक्षा जस्ता कुरा जनताको जिवनसंग प्रत्यक्ष जोडिने हुँदा यस्ता कुरामा बिशेष ध्यान दिन उहाँले आग्ह गर्नुभयो । उहाँले कोरोना माहामारीका बेला मकवानपुरका स्वास्थ्यकर्मीहरुले खेल्नुभएको भुमिको प्रशंसा समेत गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले संघियता कार्यान्वयका क्रममा स्वास्थ्य र शिक्षाको अधिकार पूर्ण रुपमा स्थानीय तहमा गएको भन्दै यस क्षेत्रलाई स्थानीय तहले उच्च प्राथमिक्ता दिएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रमा प्राथमिक्ता दिएर स्वास्थ्यका कार्यक्रमहरु सञ्चालन गर्न आग्रह गर्नुभयो ।

स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देश्नालयका कर्मचारी, जिल्ला समन्वय अधिकारी आनन्दराज पोखरेल लगायत मकवानपुरका १० वटै स्थानीय तहका स्वास्थ्य संयोजकहरुको उपस्थिीति छ । गोष्टि आज र भोली द्ुई दिनसम्म सञ्चालन हुने छ ।












