काठमाडौँको शान्तिवाटिकास्थित फल्चामा मिटरब्याज पीडित र सरकारी टोलीबीच वार्ता सुरु भएको छ । फल्चामा सुरु भएको वार्तामा मिटरब्याज पीडितले ६ बुँदे मागपत्र पेस गरेका छन् ।
उनीहरूसँग वार्ता गर्न गृह मन्त्रालयले सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको थियो । मिटरब्याजीले बनाएको फर्जी तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज पीडित विरुद्ध विभिन्न अदालतमा रहेका मुद्दा खारेज हुनुपर्ने लगायतका उनीहरूले माग राखेका छन् ।