हेटौंडा– हेटौंडामा श्रृजनशील उद्यमी मेलाको आयोजान हुने भएको छ । मकवानपुर महिला उद्यमी व्यावसायी संघ एवम महिला श्रृजनशील केन्द्र काठमाण्डौको आयोजनामा आगामी भदौ ५ देखि ७ गते सम्म मेला आयोजना गर्न लागिएको हो ।

महिलाहरुले गरेका उत्पादनलाई बजार सम्म ल्याउने उदेस्यले मेला आयोजना गर्न लागिएको मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । मकवानपुर महिला उद्यमी व्यावसायी संघका अध्यक्ष सुशीला पाण्डेले पत्रकार सम्मेलन मार्फत “स्वदेशी उत्पादनलाई प्रोत्साहन गरौ, घर घरमा रोजगारीको अवसर श्रृजना गरौ” भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको जानकारी दिनुभयो । मेलामा ५० वटा बिभीन्न घरायसी उत्पादनका स्टल रहने उहाँले बताउनुभयो ।

मेलामा २५ देखि ३० हजार जना सर्बसाधरणले अवलोकन गर्ने तथा ३० लाख रुपैयाँ सम्मको कारोवार गर्ने लक्ष्य लिईएको बताईएको छ । मेलामा करिब ११ लाख खर्च हुने अनुमान गरिएको भन्दै अध्यक्ष पाण्डेले नाफा कमाउने भन्दा पनि सेवा दिने हिसाबले मेला आयोजना गर्न लागेको बताउनुभएको छ । पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले महिलाहरुको प्रयासबाट गर्न लागिएको मेलालाई सबैले सक्दो सहयोग गर्नुपर्ने बताउनुभयो । यस्ता मेलाको प्रवर्दन गर्न सबै लाग्नुपर्ने उहाँको भनाई थियो । पत्रकार सम्मेलनमा संघका सल्लाहकार शर्मिला डंगोल, लक्ष्मी श्रेष्ठ, गणेश कुमारी श्रेष्ठ लगायत कार्यसमिति सदस्यहरुको उपस्थिती थियो ।