मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर ५ मा नेपाली कांग्रेस विजयी भएकाे छ । कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार दिपेश दाहाल १ हजार १ सय ६९ मत ल्याएर निर्वाचित भएका हुन । त्यस्तै एमालेका जित बहादुर घिमिरेले ७ सय २१ र माओवादीका रत्नप्रसाद तिमिल्सनाले २ सय ३० मत प्राप्त गरेका छन् । कूल २ हजार २२७ मत खसेको वडमा १३ मत बदर भएको छ ।