मकवानपुर – गत बैशाख ३० गते सम्मपन्न स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत मकवानपुरको राक्सिराङमा कांग्रेस,माओवादी मो गठबन्धन विजयी भएको छ। मंगलबार सम्पन्न मतपरिणाम अनुसार गाउँपालिकाका अध्यक्षमा कांग्रेसका राजकुमार मल्ल र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार बनस्तम थिङ निर्वाचित हुनु भएको हो ।
मल्लले ५४८१ मत प्राप्त उहाँको निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार बालुलाल स्याङतानले ४५७२ मत प्राप्त गर्नु भएको थियो । निवर्तमान अध्यक्षसमेत रहनु भएका मल्ल ९०९ मतान्तरले गाउँपालिका अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
त्यसैगरी उपाध्यक्षमा बनस्तम थिङ एमालेका उम्मेदवार सुन्तलीमाया प्रजा भन्दा ७१० मत बढि प्राप्त गरेर विजयी हुनु भएको छ । थिङले ४८३९ मत प्राप्त गर्दा एमाले उम्मेदवार प्रजाले ४१२९ मत प्राप्त गर्नुभयो । यद्यपि निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा भने गरेको छैन् ।