हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नंबर ४ को वडा अध्यक्षमा नेकपा एमालेका उम्मेद्वार नविन सिग्देलले अग्रता बढाएका छन् । हेटोंडा-४ को १ हजार ८ सय ४ मतगण्ना गर्दा एमालेका उम्मेद्वार सिग्देलले ७४२ मत प्राप्त गर्दै अग्रता बढाएका छन् । उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका हरि प्रसाद पौडेलले ७३३ प्राप्त गर्दै सिग्देललाई पछाईरहेका छन् ।यसैगरि राप्रपाबाट वडा अध्यक्षका उम्मेद्वार ध्रुव प्रसाद संजेलले २११ मत प्राप्त गरेका छन् ।