तिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० को विनियोजित बजेटमाथि मन्त्रालयगत छलफल जारी छ । छलफलमा भाग लिँदै सत्तापक्षका सांसदहरुले बजेटमा रकम विनियोजन गरिनु ठूलो विषय नभएको भन्दै योजना छनौटमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँहरूले पूर्वाधार विना नै यातायातमा इम्बोस्ड नम्बर राख्ने सरकारको निर्णय असम्भव रहेकाले तत्काल फिर्ता लिन आग्रह गर्नुभयो ।
छलफलमा प्रमुख प्रतिपक्षी दलका सांसदहरुले मुलुकको सन्तुलित विकासलाई बजेटले समेट्न नसकेको भन्दै प्रदेशगत बजेट विनियोजन मात्रैले समग्र मुलुकलाई विकासको दिशामा अगाडी बढाउन नसक्ने धारणा राख्नुभयो । उहाँहरूले अघिल्लो सरकारले अगाडि सारेका विकासका योजनाहरूलाई आगामी आर्थिक वर्षको बजेटले सम्बोधन नगरेको बताउनुभयो । यसअघि, बैठकमा सांसदहरू प्रेम सुवाल, दुर्गा पौडेल, आशाकुमारी विक, नरबहादुर धामी, भानुभक्त ढकाल र वसन्तकुमार नेम्वाङले मन्त्रालयगत खर्च कटौतीको प्रस्ताव राख्नुभएको थियो । बैठकमा आर्थिक वर्ष २०७९/०८० को विनियोजित बजेटमाथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयगत छलफल जारी छ ।