मकवानपुर – मदन भण्डारी फाउण्डेशन मकवानपुरको साधारणसभा यहि जेष्ठ २९ गते आयोजना हुने भएको छ । मदन भण्डारी फाउण्डेशन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा आज बसेको बैठकले साधारणसभा यहि जेष्ठ २९ गते आयोजना गर्ने निर्णय गरेको हो ।
यस्तै आजको बैठकले साधारणसभा कै अवसरमा संस्थाद्धारा स्थापना गरिएको श्रीचन्द्र शर्मा स्मृति पुरस्कार (सम्मान) समेत प्रदान गर्ने निर्णय गरेको अध्यक्ष खुलालले बताउनुभयो । मदन भण्डारी फाउण्डेशन मकवानपुरले यसै वर्षवाट संस्थाका संस्थापक अध्यक्ष श्रीचन्द्र शर्माको स्मृतिमा पुरस्कार राशीसहितको सम्मान स्थापना गरेको थियो । उक्त सम्मान साधारणसभाकाे अवसमा प्रदान गर्ने निर्णय भएको उहाँले बताउनुभयो । बैठकले उक्त पुरस्कार (सम्मान) को लागि व्यक्ति छनौट गर्न अध्यक्ष खुलालकै संयोजकत्वमा मुकुन्द अधिकारी र चन्द्रावती पनेरु सदस्य रहने गरि तीन सदस्य छनौट समिति समेत गठन गरेकाे छ ।
त्यस्तै बैठकले मदन भण्डारी फाउण्डेशन केन्द्रद्धारा प्रदान गरिने मदन भण्डारी राष्ट्रिय पुरस्कारका लागि समेत एक जना व्यक्ति र संस्थाको नाम सिफारीस गर्ने निर्णय गरेको छ । बैठकले समाज परिर्वतन र विकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने मकवानपुरकाे एउटा संस्था र व्यक्तिकाे नाम सिफारिस गरेको अध्यक्ष खुलालले बताउनुभयो । यस्तै बैठकले फाउण्डेशन मकवानपुरको कार्यालय व्यवस्थापन गर्ने समेत निर्णय गरेको छ । आजकाे बैठकमा फाउण्डेशनका सचिव आशाकाजी श्रेष्ठ, उत्तम प्रसाद शर्मा, कमलकुमार विश्वकर्मा, भवानी शर्मा, युक्तलाल विश्वकर्मा, मुकुन्दप्रसाद अधिकारी नविन सिग्देल, चन्द्रावती पनेरुलगायतको उपस्थिती थियो ।