मकवानपुर – नेकपा एमाले सम्बद्ध नेपाल बुद्धिजीवी परिषद मकवानपुरको अध्यक्षमा पुन: मोहनप्रसाद शर्मा निर्वाचित हुनु भएको छ । शनिबार हेटौंडामा सम्पन्न परिषद्को नवौं अधिवेशनले शर्माको नेतृत्वमा १९ सदस्य कमिटी सर्वसम्मत चयन गरेको हो ।
नेपाल बुद्धिजीवी परिषद् मकवानपुरका अध्यक्ष शर्माको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, नेकपा एमालेको बागमती प्रदेश कमिटीका उपसचिव महेश बर्तौला, जिल्ला कमिटी अध्यक्ष एकालाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।