मकवानपुर – मकवानपुरमा सोमबार ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले सोमबार उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लाे २४ घण्टामा २३८ जनाको परिक्षण गर्दा ११८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे ।
सोमबार १७४ जनाको पिसिआर बिधिबाट कोरोना परिक्षण गर्दा ९५ जना र एन्टिजेन बिधिबाट ६४ जनाको कोरोना परिक्षण गर्दा २३ जना गरी ११८ जनामा कोरोना पुष्टि भएको हो । आजको कोरोना संक्रमित दर ४९ प्रतिशत रहेको छ। आज सबैभन्दा धेरै हेटौंडाका ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।