मकवानपुर – हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका सामुदायिक विद्यालयहरु दशैंपछि भौतिक उपपिस्थतीमै सञ्चालन हुने भएको छ । सोमबार हेटौंडामा बसेको सामुदायिक विद्यालयको प्रअ बैठकले दसैँपछि स्वास्थ्य सावधानी अपनाएर सबै सामुदायिक विद्यालयमा भौतिक रुपमा पठनपाठन गर्ने निर्णय गरेको हो ।
बैठकमा हेटौंडा उपमहानगरको प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, शिक्षा महाशाखा प्रमुख गंगाधर रिमाल लगायत सामुदायिक विद्यालयको प्रअहरुको उपस्थिति रहेको थियो । हेटौंडा उपमहानगरपालिका भित्र ७७ वटा सामुदायिक विद्यालय रहेका छन् । विद्यालय संचालनका विषयमा उपमहानगरपालिकाले भोली(मंगलबार) हेटौंडाका संस्थागत विद्यालयका प्रधानाध्यापकलाई पनि छलफलका लागि बोलाएको छ ।