मकवानपुर– मकवानपुरमा शुक्रबार (आज) थप १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ सय २८ जनामा गरिएको पिसिआर र एन्टीजेन परीक्षणमा थप १ सय ७४ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
कोरोना पुष्टि हुनेमा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाका १ सय १८ जना रहेका छन् । यस्तै थाहा नगरपालिकाका १८ जना, मकवानपुरगढीका ११ जना, राक्सिराङका ९ जना, भीमफेदीका ८ जना, मनहरीका ६ जना, ईन्द्रसरोबरका ३ जना र कैलाशका १ जना रहेको स्वास्थ कार्यालयले जनाएको छ । यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ७ हजार २ सय ३१ पुगेको छ ।
यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा थप १ सय १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा होम आइसोलेसनबाट १ सय ६ जना र संस्थागत आइसोलेसनबाट ६ जना गरी थप १ सय १२ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना संक्रमणमुक्त हुनेमा पनि सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाका १ सय १ जना रहेका छन् । यसैगरि मकवानपुरगढीका ९ जना, मनहरी, भीमफेदी र कैलाशका २÷२ जना तथा बागमती र राक्सिराङका १÷१ जना रहेको कार्यालयले जनाएको छ । यो संगै मकवानपुरमा कोरोना जित्नेको संख्या ४ हजार ८ सय पुगेको छ । जिल्लामा हाल २ हजार ३ सय ६९ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा २ हजार २ सय ४६ जना घरमा र १ सय २३ जना संस्थागत आइसोलेसनमा उपचारत रहेको कार्यालयले जनाएको छ ।
कोरोना संक्रमणबाट कार्यपालिका सदस्य विश्वकर्माको निधन
कोरोना संक्रमणका कारण हेटौंडा उपमहानगरपालिकाका नगर कार्यपालिका सदस्य रत्नलाल विश्वकर्माको निधन भएको छ । नेकपा एमालेको जिल्ला सदस्य समेत रहनुभएका विश्वकर्माको ५८ वर्षको उमेरमा आज दिउँसो ४ बजे हेटौंडा अस्पतालमा मृत्यु भएको हो । दलित आन्दोलनका हस्ती विश्वकर्मालाई कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो । उहाँसहित पछिल्लो २४ घण्टामा मकवानपुरमा ४ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।