काठमाडौँ – प्रतिनिधि सभा सदस्य जय कुमार राईले माधव नेपालले हस्ताक्षर दुरुपयोग गर्नु भएको बताउनु भएको छ । सांसद राईले राष्ट्रपति कार्यालयलाई पत्र लेख्दै आफ्नो हस्ताक्षर समेत प्रयोग गरी राष्ट्रपति कार्यालयमा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री पदमा शेर बहादुर देउवालाई प्रस्ताव गरिएको भनी सञ्चार माध्यमबाट थाहा पाएकोले त्यस प्रति गम्भीर ध्यानाकर्षण भएको र आफु नेकपा एमालेको प्रतिनिधि सभा सदस्य भएको र अन्य पार्टीको नेतालाई प्रधानमन्त्री बनाउने गरी हस्ताक्षर नगरेको जानकारी गराउनु भएको हो ।
आजै शेर बहादुर देउवाले आफूलाई १४९ सदस्यको समर्थन रहेको भन्दै प्रधानमन्त्री दाबी गर्नु भएको थियो । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफुलाई १५३ सदस्यको समर्थन रहेको भनी प्रधानमन्त्रीको दाबी गर्नु भएको छ ।
सांसद राईले लेख्नुभएको पत्र
