हेटौंडा – बागमती प्रदेशमा गाईजात्राको दिन सार्बजनिक बिदा हुने भएको छ । गत २ गते प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षता बसेको मन्त्रीपरिषद्को बैठकले सो दिन बिदा दिने निर्णय गरेको हो । केही दिन अगाडि प्रदेशमा सार्बजनिक बिदाको लागि नेवा गुठी खलको टोली पौडेलले भेटेर बिदा दिन आग्रह गरेका थिए । गाईजात्रा पर्वको उपलक्ष्यमा सार्वजनिक विदा दिने निर्णय गरेको बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी समेत गरीसकेको छ ।