मकवानपुर- हेटौंडा उपमहानगरपालिका-२ मा रहेको साईराम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राजेन्द्र प्रसाद पौडेलको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको प्रमुख आतिथ्यतााम कार्यक्रम भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै मेयर महतले सहकारीले उत्पादनको क्षेत्रमा लगानी गर्नुपर्ने वताउनुभएको छ । मेयर महतले सहकारी संस्थाहरु स्थानीयतह मातहत आएकाले यसलाई व्यवस्थीत ढंगले संञ्चालन गर्न उपमहानगरपालिका लागेको समेत बताउनुभएको छ । सहकारीको माध्यमबाट समाजमा परिर्वतन गर्न सकिने भन्दै मेयर महततले सहकारी गरिखाने भाँडो हुन नहुने बताउनुभएको हो ।
साधारणसभाका अवसरमा संचालक समितिका तर्फबाट संस्थाका अध्यक्ष राजेन्द्र प्रसाद पौडेल, लेखासंयोजक अच्युतम प्रसाद पौडेलले लेखा प्रतिवेदन र कोषध्यक्ष सीताराम तिमिल्सिनाले कोषध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । हेटौंडा १ देखि ११ सम्म कार्यक्षेत्र रहेको उत्तः संस्थामा कुल २ हजार १ सय १६ जना शेयर सदस्य रहेको तथा सहकारीको कुल चुक्ता पुँजी १ करोड ७६ लाख ३४ हजार ६ सय रुपैयाँ रहेको छ ।
साधारणसभाको अवसरमा संस्थाले चार जना शेयर सदस्यहरुलाई पुरस्कृत समेत गरेको छ । संस्थाले नियमित बचत तर्फ कमल प्रसाद अधिकारी र कृष्ण प्रसाद सापकोटा, कर्जा तर्फ शोभा आचार्य र सुनिता दर्नाल तथा उत्कृष्ट बचत तर्फ सिता आचार्य र कृष्ण प्रसाद बासुकलालाई पुरस्कृत गरेको हो । त्यस्तै ज्येष्ठ सदस्य विद्यापति पराजुली, दिलनाथ नेपाल र विष्णुदेवी पोखरेललाई सम्मान गरिएको थियो भने, शेयर सदस्यका छोराछोरी रिभा न्यौपाने, रेणुका कार्की, कुशल सापकोटा र युबिका अधिकारीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । कार्यक्रममा हेटौंडा ९ का वडाअध्यक्ष लक्षमण प्रसाद भण्डारी, जिल्ला सहकारी संघका अध्यक्ष बद्री लम्साल, जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष राधा सिन्तानलगायत विभिन्न छिमेकी सहकारी संस्थाका अध्यक्षलगायतको सहभागिता रहेको थियो ।