काठमाण्डाै – सरकारले आउँदाे आर्थिक वर्षभित्र सबै पालिकामा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गर्ने घोषणा गरेको छ । बजेट भाषणमा स्वास्थ्य बीमाबारेमा जानकारी दिँदै अर्थ मन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रमका लागि सात अर्ब ५० करोड विनियोजन गरिएको जानकारी दिनुभयो । स्वास्थ्य बीमा बोर्डको क्षमता अभिवृद्धि गरिने र बीमा कार्यक्रमको दिगोपनका लागि वैकल्पिक वित्तीय स्रोतको व्यवस्था गरिने बजेट भाषणमा उल्लेख छ ।