नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेर तोलामा १ लाख १० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन तोलामा एक लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तैगरी, चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेर तोलामा १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।











