थारु आयोगको वार्षिक प्रतिवेदन पेश गर्दै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राष्ट्रिय समावेशी आयोग, राष्ट्रिय महिला आयोग र थारु आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ । 

राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेश गर्दै

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा.रामकृष्ण तिमल्सेना, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली र थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले आ–आफ्नो आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभयो । 

राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेश गर्दै

तीन वटै आयोगका आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरिएको विशेष समारोहमा राष्ट्रपति कार्यालयका उच्च पदस्थ अधिकारीहरू सहित आयोगका सदस्य एवं पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।