अध्यक्षमा सिताराम कार्की (रामेछाप)

हेटौँडा । नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटिको पहिलो अधिवेशनबाट प्रदेश अध्यक्षमा सिताराम कार्की (रामेछाप) चयन भएका छन् । आज हेटौँडामा भएको पहिलो प्रदेश अधिवेशनले कार्कीको अध्यक्षतामा ४३ सदस्यीय प्रदेश कमिटि सर्वसहमत चयन भएको हो ।

कमिटिको उपाध्यक्षहरुमा रामकृष्ण ढकाल (चितवन), सविता पाण्डे (नुवाकोट) चयन भएका छन् । सचिवमा जनरल श्रेष्ठ (मकवानपुर) उपसचिवहरुमा रोषन क्षेत्री (धादिङ), नविना खनिया(चितवन) र कोषाध्यक्षमा इन्द्रप्रसाद सञ्जेल (मकवानपुर) चयन भएका छन् ।निर्वाचित पदाधिकारी तथा सदस्यहरुको आजै सपथग्रहण समेत भएको छ । खेल क्षेत्रको विकास, विस्तार र भौतिक अवस्थालाई थप सुधारको लागि एमालेले खेलकुद महासंघ मार्फत पर्याप्त कार्यक्रमहरु सञ्चालन गर्ने महासंघका केन्द्रीय अध्यक्ष परशुराम बस्नेतले बताए । खेलकुद क्षेत्रलाई माया गर्ने पार्टी नेकपा एमाले मात्र भएको भन्दै बस्नेतले प्रदेश कमिटिले आजैबाट खेल क्षेत्रको विकासको लागि योजनाहरु बनाएर काम गर्ने बताए । आफुहरुलले खेल क्षेत्रको लागि आवश्यक पुर्वाधार निर्माण, खेलाडीहरुको उत्पादनको लागि एकेडेमी सञ्चालनको साथै खेलकुदमा समर्पीतको लागि विभिन्न योगदानको कार्यक्रमहरु सञ्चालन गरेको उनको भनाई रहेको छ ।