हेटौँडा – हेटौँडाका फुटबल ‘स्टार’ सुनिल बल काठमाण्डौँमा आज सम्पन्न देशको सबैभन्दा ठुलो फुटबल लिग कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबाट ब्यवसायिक फुटबल खेलिरहेका मिडफिल्डर बल यो वर्ष लिगको सर्वोत्कृष्ट फुटबल खेलाडी चयन भएका हुन् । लिग च्याम्पियन मछिन्ऽ गै उनले शिल्डसहित ३ लाख रुपैयाँ हात पारेको छ । उनले लिगभर ६ गोल गर्न सफल भएका थिए । नेपाली राष्ट्रिय फुटबल टिमका समेत नियमित सदस्य रहदै आएका बलले हेटौँडाबाट फुटबल जीवन सुरु गरेका थिए । उनि हेटौँडाको एफसी पोतलामा खेल्ने गर्दथे ।