मकवानपुर – सार्वजनीक खरिद व्यवस्थापन सम्बन्धी दुई दिवशीय तालिम हेटौंडामा सोमबार सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालयको आयोजना तथा बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा कार्यक्रम भएको हो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव विष्णु प्रसाद कोईरालाको सभाध्यक्षता एवम् बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द प्रसाद निरौलाको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख सचिव निरौलाले तालिमले कार्यसम्पादनमा सहयोगि भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले तालिमले कर्मचारीलाई अब्बल बनाउने भन्दै सिकेका सिप कार्यालय कार्यानवयन गर्न निर्देशन दिनुभयो । तालिममा बागमती प्रदेश अन्तरगतका विभिन्न मन्त्रालय तथा विभिन्न कार्यालयका सार्वजनिक खरिद सम्बन्धी कर्मचारीहरुको सहभागिता थियो ।
आईतबार र सोमबार दुई दिने सञ्चालित तालिममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव विष्णुप्रसाद काृईराला, निर्देशक कृष्णराज पन्थ, रविप्रसाद दवाडी, रामहरी पोखरेललगायतले सहजिकरण गर्नुभएको थियो ।