आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२१ सुरु भएको छ । जिसस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वतको सुरुवात भएको भन्ने भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रोअनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष पनि भनिन्छ ।
केही वर्ष अघिदेखि नेपालका विभिन्न ठाउँमा अंग्रेजी नयाँ वर्ष मनाउने चलन बढेको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाण्डौको ठमेल, बौद्ध, पोखरालगायत देशका विभिन्न स्थानमा “न्यू इयर इभ” का नाममा अंग्रेजी नयाँ वर्ष मनाइने गरिन्छ।