मकवानपुर– हेटौंडा औद्योगिक क्षेत्रमा रहेको गोरखा लहरी प्रा.लिले जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको कोरोना आपतकालिन कोषमा १ लाख रुपैयाँ सहयोग गरेको छ । कोरोना भाईरस (कोभिड–१९) सङ्क्रमण रोकथाम, नियन्त्रणका लागि जिल्ला स्तरमा स्थापना भएको सो कोषमा कम्पनीले सामाजिक उत्तरदायीत्व स्व्रुप सहयोग गरेको जनाएको छ ।
सोमबार कम्पनीका म्यानेजर बजरंग प्रसाद सिंहले जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाललाई रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको छ । बिश्वव्यापी रुपमा फैलिएको भाईरस नियन्त्रणका लागि जिल्लाबासीको सहयोगका लागि कोषमा रकम जम्मा गरिएको म्यानेजर सिंहले बताउनुभएको छ । चेक रकम बुझ्दै प्रमुख खुलालले सहयोगकाका लागि धन्यवाद व्यक्त गर्नुभयो । प्रमुख खुलालले महामारीसंग जुध्न सबैको सहयोग आवश्यक रहेकाले सक्दो सहयोगका लागि आग्रह समेत गर्नुभयो । जिल्ला समन्वय समितिकाे काेराेना उपचार काेषमा यस अघि बरिष्ट पत्रकार प्रताप बिष्टकाे संयाेजनमा हेटाैंडा स्कुल अफ म्यानेजमेन्टका संचालक पुरण बहादुर जाेशीले दुइ लाख रूपैयाँ जम्मा गर्नुभएकाे प्रमुख खुलालले जानकारी दिनुभयाे । जिसस प्रमुख खुलालकै संयोजनमा कम्पनीले आजै बागमती प्रदेश सरकारले स्थापना गरेको (कोभिड–१९) कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० लाख रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको छ । रकम बराबरको चेक मुख्यमन्त्री डोरमणि पौडेल मार्फत कोषमा हस्तान्तरण गरिएको हो ।