हेटौंडा– बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषका लागि सिटिजन्स बैंकले सात लाख रूपैयाँ सहयोग गरेकाे छ । सोमबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई सहयोग रकमको चेक हस्तान्तरण गरेकाे हाे । सिटिजन्स बैंक हेटौंडा शाखाका सहायक म्यानेजर मोनिका प्रधान र क्रेडिट बिभागका दीपबहादुर थापाले ७ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएकाे हाे । बिश्वव्यापी रुपमा फैलिएको भाईरस नियन्त्रणमा सहयोग गर्न कोषमा रकम प्रदान गरीएको बताइएकाे छ । साे अवसरमा मुख्मयमन्त्री डाेरमणि पाैडेलले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस सङ्क्रमण नियन्त्रणमा सरकारलाई गरेकाे सहयोग प्रति धन्यबाद गर्नुभएकाे छ । बिश्वभरी नै आतंक फैलाएको यो रोग नियन्त्रणमा हरेक क्षेत्रको उत्तिकै भूमिका हुने उहाँको भनाई थियो ।
Home प्रदेश बागमती प्रदेश बागमती प्रदेशकाे काेरोना भाइरस संक्रमण नियन्त्रण कोषमा सिटीजन्स बैंकको सहयोग