काठमाण्डाै – सरकारले निषेधाज्ञा अवधिभर बिजुलीको महसुलमा छुटको व्यवस्था गरेको छ । आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यो घोषणा गर्नुभएको हो । उहाँकाअनुसार निषेधाज्ञा अवधिभर २० युनिटसम्म विद्युत खपत गर्नेलाई शतप्रतिशत विद्युत महसुल छुटको व्यवस्था गरिएको हो । यस्तै मासिक १५० युनिटसम्म खतप गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत महसुल छुट दिइने व्यवस्था मिलाएको अर्थमन्त्री पौडेलले बताउनुभयो ।