मकवानपुर– बागमती प्रदेशमा मकवानपुरका एक सय जना सहित २ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । बुधबार प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको तथ्याङक अनुसार प्रदेशभर २ हजार १६७ जनामा कोरोना पुष्टि भएको छ । बुधबार प्रदेशमा थप १७० जना नयाँ संक्रमित थपिएका हुन ।

विश्व महामारीको रुपमा फैलीएको कोभिड १९ रोग बाट हालसम्म नेपालमा २४ हजार ४२३ जना संक्रमित भएको अवस्थामा ९१ जनाले ज्यान गुमाइसकेका छन्, । बागमती प्रदेशमा भने १७ जनाको ज्यान गएको मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो । बुधबार थपिएका सहित काठमाडौंमा १ हजार १६८ जना, ललितपुरमा १७९ जना, भक्तपुरमा १०३ जना, रसुवामा १२ जना, नुवाकोटमा ६६ जना, धादिङमा १५९ जना, चितवनमा १५५ जना, सिन्धुलीमा ३७ जना, रामेछापमा ४८ जना, दोलखामा १८ जना, काभ्रेमा ४३ जना, सिन्धुपाल्चोकमा ७९ जना र मकवानपुरका एक सय जना गरी जम्मा २ हजार १६७ संक्रमित भेटिएको डा सेढाईले बताउनुभयो । संक्रमित हुनेमा ७४ प्रतिशत पुरुष र २६ प्रतिशत महिला रहेका छन्, । प्रदेशमा हालसम्म कोरोनालाई जितेर ६२५ जना निको भई डिस्चार्ज भएको उहाँले बताउनुभयो ।