मकवानपुर– हेटौडा बजार क्षेत्रको पार्किङ्ग व्यवस्थापनका विषयमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बिहीबार मकवानपुर उद्योग वाणिज्य संघसंग छलफल गर्नुभएको छ । प्रदेशको राजधानी समेत भईसकेको अवस्थामा बजार क्षेत्रलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा उहाँले संघका पदाधिकारीहरुसंग छलफल गर्नुभएको हो ।
छलफलका क्रममा उहाँले बजार क्षेत्रमा बढ्दो सवारीचापकाे विषयलाई केन्द्रमा राखेर सबैको पहल र प्रयत्नबाट व्यवस्थित गर्न सकिने बताउनुभयो । उहाँले यस विषयमा आफुले सक्दो भुमिका खेल्ने समेत बताउनुभएको छ । उपर्युक्त छलफलबाट यसको समाधान निकाल्नु पर्ने प्रमुख खुलालको भनाई थियो । उहाँहरुले बजार क्षेत्रको पार्किङ्ग व्यवस्थापनका विषयमा समन्वय र सहजिकरणकालागि जिल्ला समन्वय समिति प्रमुखलाई आग्रह समेत गर्नुभएको छ । छलफलमा उद्योगबाणिज्यसंघका अध्यक्ष सहित सम्पुर्ण कार्यसमिति सदस्यहरुको सहभागिता थियो । याे विषय जिटल बन्दै गएकाले सक्दाे प्रयास गर्ने र निकास निकाल्न तर्फ लाग्ने प्रमुख खुलालले बताउनुभयाे ।