मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको ७८औं बोर्ड बैठक आइतबार सम्पन्न भएको छ । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले समन्वय समितिकी सदस्य सानोकन्छी स्याङतानको निधन प्रति शोक प्रस्ताब पारित गर्नुका साथै अन्य विभिन्न निर्णय गरेको छ ।

बैठकले मकवानपुरका स्थानीयतहरुद्धारा सञ्चालन गर्ने तयारी गरिएको सरुवारोग अस्पताल निर्माणमा आवश्यक सबै क्षेत्रमा जिससका तर्फबाट पूर्ण सहयोग, समर्थन, समन्वय र सहजिकरण गर्ने निर्णय गरेको छ । यस्तै बैठकले भारतिय दुतावासको लगानीमा थाहानगरपालिका स्थित निर्माणाधिन जनकल्याण माविको निर्माणका लागि पछि सोधभर्ना गर्ने गरि तत्काल जिससको मौजदात कोषबाट बेहोर्ने गरि पुन ठेक्का बन्दोबस्ती गर्ने निर्णय भएको प्रमुख खुलालले बताउनुभयो । जनकल्यान माविको मिलिनियम शंकरमाली जे.भि. कोटेश्वर काठमाण्डौंले तोकिएको समयमा कार्य सम्पन्न नगरी अधुरो छोडेको हुँदा उक्त निर्माण कम्पनीसंग ठेक्का रद्ध गर्दै पुन ठेक्का लगाउन लागिएको उहाँले बताउनुभयो ।
यस्तै बैठकले जिल्ला समन्वय समिति मकवानपुरको मौज्जाद कोष परिचालन कार्यविधि अनुसार निर्णय भई सम्झौता भए वमोजीम दायित्व सृजना भएको रकम निकाशा गर्ने निर्णय गरेको छ । तर, सम्झौता अनुसार कार्य सम्पन्न नगरेका स्थानीय तहका हकमा कार्यविधि अनुसार गर्ने, जिल्ला समन्वय समिति मकवानपुरको निर्माणधिन सभाहलको फर्निसिङ्ग तथा आवश्यक डेकोरेशन कार्य गर्न सभाहल निर्माणको लागि भएको टेण्डरवाट वचेको रकमवाट विनियोजन हुने गरि समान खरिद गर्ने वागमति प्रदेश सुशासन केन्द्रद्धारा जिससका पदाधिकारीहरुका लागि आयोजना गर्न लागिएको क्षमता विकास तालीममा सहभागि हुने निर्णय गरेको उहाँले बताउनुभयो ।
त्यस्तै आजको बैठकले जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य सानोकान्छी स्याङ्गतानको असार १३ गते भएको असामयिक निधन प्रति जिसस परिवारका तर्फबाट दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको छ । स्वर्गिय स्याङ्गतानले जनप्रतिनिधिको रुपमा जिल्ला र स्थानीयतहमा खेल्नु भएको भुमिका र योगदानका उच्च सम्मानका साथ हार्दिक श्रद्धान्जली प्रकट गर्दै शोक सन्तप्त परिवार जनमा हार्दि समवेदना प्रकट गर्ने निर्णय भएको प्रमुख खुलालले बताउनुभयो । बैठकमा जिसस उपप्रमुख भगवती पुडासैनी, समन्वय अधिकारी आनन्दराज पोखरेल, सदस्यहरु देवराज रिमाल, सिता अधिकारी, गणेशकुमारी प्रधान, सरिता बिकलगायत कर्मचारीहरुको उपस्थिती थियो ।