आज देशभरमा दुई हजार दुई सय ५३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डा जागेश्वर गौतमले आज देशभर १२ हजार ७ सय ८४ जनामा रियल टाइम पीसीआर परीक्षण गर्दा ८ सय ३० जना महिला र एक हजार ४ सय २३ जना पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
आज देशभर नयाँ संक्रमित थपिएका ५२ जिल्ला मध्ये मोरङमा ८१, कैलालीमा ५५, सुर्खेतमा ५४, चितवन र रुपन्देहीमा ५२, बाँकेमा ५० जना छन् भने बाँकी अन्य जिल्लामा ५० भन्दा कम संख्यामा संक्रमित भेटिएका छन् । यो सँगै हालसम्म कोरोना संक्रमित हुनेको कुल संख्या ८६ हजार ८ सय २३ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै आज थप एक हजार ३ सय २९ जना कोरोना संक्रमण मुक्त भएसँगै हाल सम्म संक्रमण मुक्त हुनेको संख्या ६४ हजार ६९ पुगेको छ । मन्त्रालयका अनुसार आज देशभर ७४ जिल्लामा २२ हजार दुई सय १९ जना संक्रिय संक्रमित रहेका छन् । संक्रिय संक्रमितहरु मध्ये ११ हजार ८ सय ९३ जना होम आईसोलेसन र १० हजार ३ सय २६ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गम्भिर लक्षणका २ सय २६ जनाको आइसीयु र ३४ जनाको भेण्टीलेटरमा उपचार भईरहेको प्रा।डा गौतमले जानकारी दिनुभयो ।
यस्तै आज कोरोना संक्रमणका कारण थप ७ जनाको मृत्यृ भएँसगै हालसम्म संक्रमणपछि मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको मन्त्रालयले जनाएको छ । संक्रमणबाट बाँकेमा २ जना, काठमाडौ, ललितपुर, चिवतन, मकवानपुर र कञ्चनपुर जिल्लामा १÷१ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।