सांकेतिक तस्वीर

हेटौंडा – हेटौंडामा करेन्ट लागेर आईतबार एकजनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरीमा सवारी मर्मत वर्कशप संचालन गर्दै आएक ३५ वर्षीय सहदेव गोलेको करेन्ट लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासका अनुसार आइतबार बिहान मोटरसाइकल धुने क्रममा करेन्ट लागेर गोले गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको दासले बताउनुभयो ।