हेटौंडा – नेकपा एमालेले आउँदो बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा बर्तमान अध्यक्ष विदुर हुमागाई र उपाध्यक्षमा सन्तु थिङलाई उमेदवार बनाएको छ । एमाले गढी गाउँ कमिटीको बैठकले सहमतिका आधारमा अध्यक्ष र उपाध्यक्षको उमेदावर टुङ्गो लगाएको हो ।
आज भएको एमाले मकवानपुरगढी गाउँपालिका कमिटीको बैठकले स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्षमा पुन हुमागाईलाई नै अध्यक्ष बनाएर चुनाबी मैदानमा उत्रने निर्णय गरेको हो । बैठकले गाउँपालिकाको उपाध्यक्षमा भुगोल र जनजाती समेतलाई आधार मानेर सन्तु थिङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । २०७४ मा भएको स्थानीय निर्वाचनमा गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष दुबैमा एमालेका उम्मेद्वार विजयी भएका थिए ।