मकवानपुर– मकवानपुरकाे पूर्वी बागमती गाउँपालिकामा बुधबार ३९ जनाकाे स्वाब संकलन गरिएकाे छ । गाउँपालिकाले कोरोना सङ्क्रमितहरुको सम्पर्कमा आएकाहरुको पहिचान (कन्ट्याक्ट ट्रेसिङ) गरी कोरोना परीक्षणका लागि ३९ जनाको स्वाब सङ्कलन गरेको हाे ।
गाउँपालिकाको विभिन्न वडामा कोरोना सङ्क्रमितहरुको सम्पर्कमा आएका २ जना महिला र ३७ जना पुरुष गरी ३९ जनाको स्वाब सङ्कलन गरी आज हेटौंडा स्थित प्रयाेगशाला पठाइएको बागमती गाउँपालिका स्वास्थ्य प्रमुख दिनेश गुप्ताले जानकारी गराउनु भयो । बागमती गाउँपालिकामा हालसम्म २ जना कोरोना सङ्क्रमित भएका छन् । सङ्क्रमित दुबैजना कोरोनामुक्त भइसकेका छन् भने, गाउँपालिकाले संचालन गरेकाे क्यारेन्टिनमा १ जना र १ जना होम क्वारेन्टिनमा रहेको गुप्ताले जानकारी दिनुभयाे ।