हेटौंडा– हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डबाट बुधबार आज १ सय १५ जनाको स्वाब सङ्कलन गरिएको छ । ३१ जनाको पुनः परीक्षणका लागि र ८४ जना नयाँ व्यक्तिहरुको स्वाब नमुना सङ्कलन गरिएको आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभयो ।
स्वाब सङ्कलन गरिएको ३१ जना कोरोना सङ्क्रमितहरु मध्ये २ जना कर्रा आईसोलेसनका हुन् भने २९ जना होम आईसोलेसनमा रहेकाहरुको पुनः परीक्षणका लागि नमुना सङ्कलन गरिएको हो । आज सङ्कलित स्वाब हेटौंडा–१० मा रहेको प्रादेशिक कोरोना प्रयोगशालामा पठाइएको छ । यस्तै नयाँ ८४ जना मध्ये ९० प्रतिशत हेटौंडा उपमहानगरपालिकाका र केही जिल्लाकाे मनहरी र बकैया गाउँपालिकाका व्यक्तिहरु रहेको जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले बताउनुभयो ।