फाइल तस्विर

हेटाैंडा– नेपालमा आज थप १ हजार १ सय १२ जना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले आज थप १ हजार १ सय १२ जना संक्रमण मुक्त भएसँगै संक्रमण मुक्त हुनेको कूल संख्या २३ हजार २ सय ९० पुगेको जानकारी दिनुभयो । यसैगरी आज देशभर संक्रिय संक्रमितहरुको संख्या १८ हजार १ सय ८ जना रहेको छ भने देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा ६ हजार ७ सय ६६ जना रहेका छन् । यस्तै संक्रमितहरुमध्ये १ सय ४४ जनाको आइसियुमा र १८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।