हेटौंडाः मकवानपुरको बिकट राक्सिराङ गाउँपालिकामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । आइतबार दिउँसो भएको बर्षासँगै चटयाङ लागेर राक्सिराङ गाउँपालिका–८ की ४५ वर्षिया कान्छीमायाँ थिङको ज्यान गएको हो । घरमै बसिरहेको अवस्थामा चटयाङ लागेर थिङ्को घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
चटयाङ लागेर सोही स्थानकि २५ वर्षिया सुस्मिता मोक्तान घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभएको छ । घटनास्थलतर्फ इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली खटिएको तथा उनको खुट्टा नचल्ने भएकोले उनलाइृ थप उपचारकालागि ल्याउँदै गरेको प्रहरी उपरिक्षक सिंहले जानकारी दिनुभयो ।