हेटौंडा–मकवानपुरको बकैया गाउँपालिकामा १५ दिने कपाल काट्ने तालिम संचालन हुने भएको छ । युवाहरुलाई सिप सिकाएर स्वरोजगार बनाउने उद्देश्यले गाउँपालिकाले तालिम संचालन गर्न लागेको हो ।
गाउँपालिकाको आर्थिक वर्ष २०७६÷०७७ को स्विकृत कार्यक्रम अनुसार गाउँमै रोजगारी श्रृजन ागर्ने उदेश्यका साथ तालिम संचालन गर्न लागिएको गाउँपालिका अध्यक्ष दामोदर खनालले जानकारी दिनुभयो । पहिलो चरणमा गाउँपालिकाको वडा नम्बर ३, ४, ५, ६ र ७ (साविक छतिवन गाविस) का प्रत्येक वडाका १ जना महिला र १ जना पुरुष गरि १० जनालाई तालिम प्रदान गर्न लागिएको उपाध्यक्ष सरला बोलखेले बताउनुभयो । युवालाई गाउँमै तालिम दिएर स्वरोजगार बनाउन गाउँपालिकाले विभिन्न खाले अन्य सिपमुलक तालिम समेत प्रदान गर्ने योजना बनाएको उहाँले जानकारी दिनुभयो । तालिम आगामि भदौ ८ गतेवाट संचालन हुने समेत उपाध्यक्ष बोलखेले जानकारी दिनुभयो ।