हेटौँडा – आसन्न स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेले मकवानपुरको बकैया गाउँपालिकाबाट अध्यक्षमा पाँचजना सिफारिस गरेको छ । आज भएको गाउँ कमिटि बैठकले अध्यक्षमा पद्मा पौडेल, सरला बोलखे, दलबहादुर वाईवा, कृष्णप्रसाद चौँलागाई र गोपाल दाहाललाई सिफारिस गरेको हो । बैठकले उपाध्यक्षमा बद्रीलाल थिङ, विजय वाईवा, लालबहादुर स्याङ्तान, सुस्मिता घोरासैनी, जिमि लो स्याङ्तान, याङ्ग्री डोल्मा लामा भोम्जनलाई सिफारिस गरेको छ । दुई दिनसम्म चलेको बैठबले सर्वसम्मत गर्न नसकेपछि अध्यक्षमा पाँच तथा उपाध्यक्षमा ६ जनाको नाम जिल्ला कमिटिमा सिफारिस गरेको र अब जिल्ला कमिटिले आवश्यक छलफल गरेर उपल्लो कमिटिमा सिफारिस गर्ने जनाईएको छ ।











